१९ असार २०८३, शुक्रबार

दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्षमा कार्की

दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्षमा कार्की

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित भएकी छन् । प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित भएकी हुन् । ३५ सदस्यीय प्रदेश कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तुलसी शाही, प्रथम उपाध्यक्षमा खगेन्द्र गौतम, द्वितीय उपाध्यक्षमा धनबहादुर घर्ती, महिला उपाध्यक्षमा सृजना परियार निर्वाचित भएका छन् । त्यस्तै सचिवमा भानु रिजाल, कोषाध्यक्षमा केशरबहादुर थापा र सहसचिवमा याम थापा र नवराज भण्डारी निर्वाचित भए अध्यक्ष कार्कीले जानकारी दिइन्।

उनका अनुसार समितिका सदस्यहरूमा कुलबहादुर वली, रङ्गबिरही कार्की, निर्मला गाहामगर, रुद्रबहादुर गाहामगर, नन्दकृष्ण न्यौपाने, तीर्थराज पुरी, मोहन बुढा, सुरेन्द्र आचार्य र चन्द्रबहादुर बडुवाल रहेका ५न् । कर्णालीको कला, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा मौलिकपन बचाउने गरी प्रतिष्ठानले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्