२५ असार २०८३, बिहीबार

चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक, पाको उमेरको भूमिकामा यस्तो देखिए विपिन

चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक, पाको उमेरको भूमिकामा यस्तो देखिए विपिन

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को अफिसियल​ ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र पारिवारिक सम्बन्धको कथामा निर्माण भएको मंगलवार सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ । 

फागुनको ५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको शीर्ष भूमिका छ । सार्वजनिक ट्रेलरमा चलचित्रका प्रायः कलाकारहरूलाई स्थान दिइएको छ । 

चलचित्रमा विपिन र अरुणाले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।  विपिनले यस चलचित्रमा पाको उमेरको पात्रको भूमिका निर्वाह गरेका छन् । 

उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा कमलकिशोर मलपानीको अवधारणा तथा कथा रहेको छ । 

यशोदा फिल्मसको ब्यानरमा निर्माण भएको यो पहिलो चलचित्रलाई जोस हेरुमको छायांकन गरेका हुन् । चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । मनिष ढकाल यस चलचित्रका निर्माता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्