
फोन पे एपमार्फत अबदेखि विनाइन्टरनेट (अफलाइन) भुक्तानी गर्न सकिने भएको छ ।
सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको विशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रमुख अतिथिका रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले फोन पेको आफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए।
ढुंगानाले भने, 'क्वीआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पेको आफलाइन फिचर कोशेढुंगा साबित हुनेमा विश्वास व्यक्त गर्दछु ।
फोन पे को यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोगविना भुक्तानी गर्न मिल्नेछ ।
तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकका क्याससलेस बनाउने अभियानलाई पनि साकार पार्न मद्दत गर्ने विश्वास लिइएको छ।
फोन पे को आफलाइन भुक्तानीलाई अझै अगाडि बढाएर सबैसामु पुर्याउन ग्राहक बैंक तथा वित्तीय संस्थाहरूले पनि अमूल्य भूमिका निर्वाह गर्ने फोनले विश्वास लिएको फोन पेका सीईओ दिवश सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
फोन पे ले सार्वजनिक गरेका नवीनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यावसायहरूका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ ।
फोन पेले विगत ३ वर्षदेखि डिजिकटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ ।