
युट्युब ट्रेन्डिङमा ‘छक्का पञ्जा ४’को गीतलाई र्यापर भिटेनको गीतले उछिनेको छ ।
केही दिन लगातार ट्रेन्डिङको पहिलो नम्बरमा रहेको ‘छक्का पञ्जा ४’को गीत ‘दर्शन सलाम’ शुक्रवार ट्रेन्डिङको तेस्रो नम्बरमा छ ।
भिटेनले चार दिनअघि सार्वजनिक गरेको गीत ‘टेल’ युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा उक्लिएको छ ।
युट्युब भ्युजमा भने ‘छक्का पञ्जा ४’को ‘दर्शन सलाम’ निकै अगाडि छ ।
यस गीतले २८ लाख भ्युज पाउँदा भिटेनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतले ८ लाख ६५ हजार बढी भ्युज पाएको छ ।