×

NMB BANK
NIC ASIA

बद्री पंगेनी भन्छन् – विष्णु खत्री दोहोरीगीत प्रतिष्ठानलाई चाहिने व्यक्ति हो, उहाँ आउनुहुन्छ

फागुन ९, २०७९

NTC
Premier Steels

लोकदोहोरी कलाकारहरूको सर्वोच्च संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल आफ्नो आठौँ केन्द्रीय महाधिवेशनको अन्तिम तयारीमा छ । आउँदो शुक्रवारदेखि धादिङ जिल्लामा हुने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

Muktinath Bank

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहँदा प्रतिष्ठानका पूर्व महासचिव लोकगायक विष्णु खत्रीले गीतसंगीत सम्बन्धी नयाँ संस्था खोल्ने तयारी गरेको विषय यतिबेला चर्चामा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गायक खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट भने बिदा लिइसकेका छैनन् । 


Advertisment
Nabil box
Kumari

महाधिवेशनबारे जानकारी दिन मंगलवार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीले गायक खत्रीले संस्थाबाट बिदा लिइनसकेको बताए । 

Vianet communication

उनले प्रतिष्ठानको सांगठनिक, भौतिक लगायतको विकासमा गायक खत्रीको योगदान अतुलनीय रहेको बताउँदै उनी संस्थालाई चाहिने व्यक्ति भएको बताए ।

आफूहरूले गायक खत्रीको योगदानको सधै कदर गर्ने गायक पंगेनीको भनाई थियो । ‘संस्थामा चुनाव हुने एउटा प्राविधिक कुरा हो । यसमा हार–जित हुन्छ । उहाँ जत्तिको व्यक्ति संस्थामा चाहिन्छ । उहाँ आउनुपर्छ, हुनुपर्छ भन्नेमा हामी सबै एकमत हौं’ गायक पंगेनीले भने, – ‘तर कहिलेकाहीँ कस्तो भइदिन्छ भने, बराबरीको अवस्थामा चुनाव गनुपर्ने हुन्छ । चुनाव हुँदा एउटाले जित्छ । अर्कोले हार्छ । त्यसलाई त स्वीकार्नुपर्ने हुन्छ ।’

विष्णु खत्रीसँग प्रतिष्ठानका विषयमा फोनमा धेरै पटक कुराकानी भए पनि भेटेर कुरा हुने मौका नपाएको पंगेनीले बताए ।

संस्था खोल्ने पाउने जो–कोहीको अधिकार भएको बताउँदै पंगेनीले विष्णु खत्री पक्ष र प्रतिष्ठानबीच मनमुटावको कुरा बाहिर आएजस्तो नभएको दाबी गरे ।

उनले गायक खत्रीले आफ्ना असन्तुष्टिका विषयमा महाधिवेशनको बन्दसत्रमा छलफल गर्न सक्ने बताए । ‘उहाँका असहमतिका कुरामा बन्दसत्रमा हामी छलफल गर्न सक्छौं । हलले पारित गर्यो भने त्यसलाई लागू पनि गर्न सक्छौं’ गायक पंगेनीले विश्वास व्यक्त गर्दै अगाडि भने ‘हामीमा मनमुटाव छैन । विष्णुजी महाधिवेशनमा आउनुहुन्छ ।’

तीन दिनसम्म चल्ने महाधिवेशनमा केन्द्रीय समिति, ६ प्रदेश स्तरीय समिति र ७२ जिल्ला स्तरीय समितिका १ हजार बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ । हाल रमेश बि.जी अध्यक्ष रहेको संस्थामा कुल २६ हजार बढी सदस्य आबद्ध छन् ।

 


hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x