
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको पहिलो महिला अध्यक्षमा निर्वाचित रीता थापा मगरले संस्थाको गरिमा घट्न नदिनेगरी काम गर्ने बताएकी छिन् ।
धादिङमा आइतवार सम्पन्न संस्थाको ८ औं महाधिवेशनबाट गायिका रीता अध्यक्षमा निर्वाचित भएकी हुन् ।
प्रतिष्ठानको दुई दशक लामो इतिहासमा पहिलो महिला अध्यक्ष बनेसँगै उनले भनिन्, ‘महिलालाई अध्यक्ष बनायौँ, यसले काम गर्न सक्दिन कि, यसले संस्थालाई समय दिन सक्दिन कि भन्ने डर नलिनुहोला ।’
उनले दोहोरीगीत प्रतिष्ठानको गरिमालाई थोरै पनि घट्न नदिनेगरी काम गर्ने बताइन् ।
‘कार्यसमितिको साथ दिएर संस्थाको गरिमा बढ्ने गरी दिनरात नभनी काम गर्ने प्रयास सधै गर्नेछु’ – उनले भनिन् ।
उनले आफ्नो प्रतिबद्धताहरू पदस्थापन कार्यक्रमपश्चात सार्वजनिक गर्ने बताएकी छिन् ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा निर्वाचित भएका छन् । महाधिवेशनले ७५ जनाको कार्यसमिति निर्वाचित गरेको छ ।
यस्तो छ नव निर्वाचित कार्यसमिति






