×

NMB BANK
NIC ASIA

सशस्त्रमा पनि नियमावली संशोधनको गृहकार्य : जवानदेखि हवल्दारलाई १६ वर्षमै अवकाश !

फागुन ३०, २०७९

NTC
फाइल फोटो
Premier Steels

सशस्त्र प्रहरी बलको नियमावली संशोधनको गृहकार्य शुरू भएको छ । नियमावली संशोधन गरेर तल्लो दर्जाका कर्मचारीले १६ वर्षमा अवकाश पाउने व्यवस्था गर्न लागिएको हो ।

Muktinath Bank

तल्लो दर्जाका कर्मचारीले छिटो अवकाश पाउने गरी नियमावलीमा संशोधन तथा ऐनमै व्यवस्था गर्न लागिएको गृह मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तल्लो तहका कर्मचारीको चाहना १६ वर्षमा पेन्सन पाउनुपर्छ भन्ने छ । त्यसलाई सम्बोधन गर्न हामीले तयारी गरिरहेका छौं,’ गृह स्रोतले भन्यो ।


Advertisment
Nabil box
Kumari

सशस्त्र प्रहरी नियमावली– २०७२ को नियम ७० (१) मा प्रहरी जवान हवल्दारले २० वर्ष सेवा गरेपछि अवकाश पाउने व्यवस्था गरिएको छ ।

Vianet communication

सशस्त्र प्रहरीमा माथिल्लो दर्जाका कर्मचारीहरूको कार्यकाल हेरफेर गर्ने छलफल भइरहेको स्रोतले लोकान्तरलाई बतायो । 

अहिले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव समेत गरिएको छ ।

आईजीपी राजु अर्यालले संगठनको संरचनागत सुधारका लागि ३ जना एआईजीको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाएपछि विभिन्न विषयमा छलफल चलिरहेको छ । 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायण पौडेलको नेतृत्वमा कार्यसम्पादन मूल्यांकन तथा चुनौतीपूर्ण कार्यसम्पादन गरेकालाई दिने नम्बरका सम्बन्धमा अध्ययनका लागि समिति गठन भएको छ । 

तालिमसम्बन्धी नम्बर दिनका लागि अध्ययन गर्न एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा एउटा समिति र बढुवा समितिले दिने नम्बरको विषयमा अध्ययन गर्न एआईजी वंशी दाहालको नेतृत्वमा अर्को समिति गठन भएको छ ।

यी समितिहरूले अहिले संगठनभित्रका विभिन्न विषयमा अध्ययन र छलफल गरिरहेका छन् । 

सीमा सुरक्षामा सशस्त्र प्रहरी जवान

समितिले आईजीपी राजु अर्यालसँग पनि छलफल गरेको थियो । संगठनात्मक सुधारका लागि आईजीपीको कार्यकाल ३ वर्ष राख्नुपर्ने प्रस्ताव समितिले गरेको थियो । 

आईजीपी अर्यालले संगठनमा सुधार हुने भए त्यस्तो नीतिगत व्यवस्थाका लागि आफू तयार रहेको जवाफ दिएको सशस्त्र प्रहरी उच्च स्रोतले बतायो ।

सशस्त्र प्रहरी नियमावलीको नियम ६५ (१) (ग) अनुसार आईजीपीको कार्यकाल ४ वर्ष तोकिएको छ । नियम ६५ को उपनियम (१) (क) अनुसार सेवाअवधि ३० वर्ष पूरा भएका वा (ख) अनुसार ५८ वर्ष उमेरहद भएकाले अवकाश पाउने व्यवस्था गरिएको छ । एआईजी र डीआईजीले ३० वर्षे सेवा अवधि वा ५६ वर्षे उमेरहदका कारण अवकाश पाउने व्यवस्था छ ।

सशस्त्र प्रहरी एआईजी र डीआईजीको कार्यकाल ४ वर्ष र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कार्यकाल ६ वर्ष तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को कार्यकाल ८ वर्ष बनाउने प्रस्ताव लैजान लागिएको छ । 

सशस्त्र प्रहरी नियमावलीको नियम ६५ (ग) मा एआईजीको ३, डीआईजीको ४, एसएसपीको ७ र एसपीको १० वर्षे कार्यकालको व्यवस्था छ ।

कार्यकाल लामो समयसम्म राख्दा कर्मचारीको वृत्ति विकास, मनोबल लगायतमा समस्या देखिएकाले त्यसलाई घटाउन लागिएको सशस्त्र स्रोतको भनाइ छ । 

सशस्त्रमा लामो समयसम्म एउटै दर्जामा रहेर सेवा गर्नुपर्ने बाध्यता छ । त्यसले बढुवामा जामको अवस्था सिर्जना गरेको छ । नयाँ व्यवस्थाले त्यो समस्या समाधान हुने विश्वास गरिएको छ । 

सशस्त्र प्रहरीमा भर्ना भएको १६ वर्षपछि अहिले बढुवा भएको थियो । सशस्त्रमा विभूषणबापत पाउने २ नम्बरको विषयमा पनि छलफल भइरहेको छ । 

कामभन्दा पनि पहुँचका आधारमा विभूषण पाउने गरेको भन्दै त्यसबापतको नम्बर हटाउने कुरा उठेको मुख्यालय स्रोतले लोकान्तरलाई बतायो । 

नेपाल प्रहरीमा पनि विभूषणको विषयमा विवाद आएपछि त्यसबापतको नम्बर ज्येष्ठतामा राखिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x