१९ असार २०८३, शुक्रबार

नर्भिकमा आईभीएफको निःशुल्क ओपीडी हुने, भिडियो एक्सरे र ल्याबमा छुटैछुट

फागुन ३०, २०७९
नर्भिकमा आईभीएफको निःशुल्क ओपीडी हुने, भिडियो एक्सरे र ल्याबमा छुटैछुट

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आईभीएफ सेन्टर’ले आउँदो शनिबार(चैत ४ गते) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो ।

नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेस्टट्युव बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ । 

आगामी चैत्र ४ गते शनिबार बिहान १० देखि २ बजेसम्म नर्भिक आइभीएफ सेन्टरमा सञ्चालन हुने निःशुल्क ओपीडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।

उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरे थप छुटसहित प्याकेज पनि लागू गरिने मिश्रको भनाइ छ ।

निःशुल्क ओपीडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रूपमा नाम दर्ता गराउन समेत सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ ।

अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी बृहत् जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो ।

आगामी चैत ७ गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुँदैछ । सो कार्यक्रममा सहभागी बिरामीले ब्लडसुगर निःशुल्क जाँचको सुविधा समेत पाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्