०४ असार २०८३, बिहीबार

पोखरामा गीतकार बगरको ‘एकल गीत वाचन’ कार्यक्रम हुँदै​

पोखरामा गीतकार बगरको ‘एकल गीत वाचन’ कार्यक्रम हुँदै​

दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको एकल गीत वाचन कार्यक्रम हुने भएको छ ।

गीतकार प्रतिष्ठान, नेपालले यही चैत २५ गते पोखरामा गीतकार बगरको एकल गीत वाचन कार्यक्रम आयोजना गरेको हो । 

पोखरा उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा गीतकार बगरले आफ्नो नयाँ–पुराना दुई दर्जन चर्चित गीत वाचन गर्नेछन् । 

आयोजक गीतकार प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले गीत संगीत भरेर गाउँदा मात्रै होइन्, गीतकारले वाचन  गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने ​सोचले यसप्रकारको कार्यक्रम सुरु गरिएको जानकारी दिए । 

‘कविता–मुक्तक वाचन हुन सक्छ । त्यसैगरी गीत पनि वाचन हुन सक्छ र गीत संगीत भरेर गाउँदा मात्रै होइन्, गीतकारले वाचन  गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने सोचले गतवर्षदेखि यसप्रकारको कार्यक्रम सुरु गरेका हौं’ उनले भने । गत वर्ष तीर्थ श्रेष्ठको गीत वाचन गरिएकोमा यसवर्ष राजकुमार बगरले गीत वाचन गर्न लागेका हुन् ।

एकल गीत वाचन गीतकार बगरको पहिलो अनुभव हो । ‘गीतकारको यस प्रकारका कार्यक्रम बिरलै हुने गरेका छन् । यो मेरो पहिलो अनुभव भएकाले एकदमै उत्साहित छु’ बगरले भने ।

‘उडेर जून छुन्छु भन्थेँ’, ‘यता कुलो काट्दा...’, ‘तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि’ लगायतका आफ्ना​ झन्डै २ दर्जन गीत वाचन गर्ने बगरले बताए । 

salt training

कमेन्ट गर्नुहोस्