१४ असार २०८३, आइतबार

नवल खड्काको चुनौती- स्टारडमबाट कमाइन्छ भन्ने लाग्छ भने निर्मातासँग मिलेर आधा लगानी गर्नुस्

नवल खड्काको चुनौती- स्टारडमबाट कमाइन्छ भन्ने लाग्छ भने निर्मातासँग मिलेर आधा लगानी गर्नुस्

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरूले ७० लाखसम्म पारिश्रमिक बढाएको भन्दै कलाकार संघले न्यूनतम पारिश्रमिक तोक्नुपर्ने माग गरे।

उनले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौती पनि दिए। 

बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा खड्काले भने, '‘आफ्ना मागहरू राख्नु कुनै गलत छैन, तर अहिलेको परिस्थितिलाई हेरेर मात्रै आफ्नो पारिश्रमिक तोक्नुपर्छ । ७/८ वटा फिल्मले मात्रै लगानी उठाउन सकेका छन् तर अन्य चलचित्र डुबेका छन्, पारिश्रमिक बढाउने कुरा जुन आइरहेको छ, अहिले निर्माताहरूलाई फिल्म बनाउन नै धौधौ भइरहेको बेला स्टारहरूले ५० लाखदेखि ७० लाखसम्म लिने कुराले निर्माताहरूको लगानी सुरक्षित छैन।'

त्यस्तै नेपाली चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले कलाकार संघले नागरिकताअनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरूलाई निःशुल्क आजीवन सदस्य बनाउने निर्णय संघले गरेको बताए। 

उनले भने, ‘संघका नियमित सदस्यज्युहरू जो नागरिकता अनुसार ७० वर्ष नाघिसक्नुभएको छ, उहाँहरूलाई निःशुल्क आजीवन सदस्य निर्णय भएको छ । कलाकारका हीत र चलचत्रि उद्योगको प्रवर्द्धनका लागि सल्लाह दिनुहोला ।’

salt training

कमेन्ट गर्नुहोस्