२४ असार २०८३, बुधबार

मध्यपुरथिमिमा बिस्केट जात्राका लागि ४ दिन सार्वजनिक बिदा

मध्यपुरथिमिमा बिस्केट जात्राका लागि ४ दिन सार्वजनिक बिदा

नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले ४ दिन सार्वजनिक बिदा दिएको छ ।

नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले बिहीवारदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरूपमा बिस्केट जात्रा मनाइन्छ ।

स्थानीय वासिन्दाका लागि यो ठूलो चाड हो । यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरूपमा सिन्दुर खेलेर बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ । उनले भने, ‘स्थानीय तहले बिदा नदिँदा यहाँका वासिन्दाले चाड राम्रोसँग मनाउन पाएका थिएनन्, त्यसैले यस वर्षदेखि ४ दिन बिदा दिने निर्णय गरेका हौं ।’

बिस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले दशैंभन्दा ठूलो चाडका रूपमा मनाउने गर्दछन् । मठमन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केटलाई घर आउने र जात्रामा नातेदार, आफन्तलाई भोज खुवाएर ९ दिन ८ रातसम्म भव्यरूपमा मनाउने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्