दक्षिण भारतीय चलचित्र पुष्पाका निर्माताहरूले त्यसको सिक्वल पुष्पा २ द रुलको कन्सेप्ट भिडियो सार्वजनिक गरेपछि दर्शकहरू फिल्मका लागि आतुर बनेका छन् ।
ओर्म्याक्स सिनेमाटिक्सको एक रिपोर्टअनुसार, पुष्पा २ को हिन्दी संस्करण सर्वाधिक प्रतीक्षा गरिएको फिल्मको सूचीमा पहिलो स्थानमा छ ।
त्यसपछि प्रतीक्षा गरिएका फिल्मको सूचीमा हेराफेरी ३, जवान, टाइगर ३ र भूलभुलैया ३ रहेका छन् ।
पुष्पा २ द रुल सुकुमारले निर्देशन गरेका हुन् । यसमा अल्लु अर्जुन, रश्मिका मन्दाना र फाहद फासिलको मुख्य भूमिका छ ।
पुष्पाको पहिलो पार्ट ब्लकबस्टर बनेको थियो ।