×

उपनिर्वाचनमार्फत व्यक्त सत्तासीनप्रतिको आक्रोश

बैशाख १४, २०८०

वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनको नतिजालाई लिएर नेपाली समाजमा विभिन्न कोणबाट चर्चा र बहस भइरहेको छ ।

Laxmi Bank

उपनिर्वाचनमा निर्वाचित भएका तीन सिटले सत्ता गठबन्धनमा उलटफेर त हुँदैन, तर यो निर्वाचनले गहिरो र दीर्घकालीन सन्देश दिएको छ । देशको राजनीतिक अवस्थाको ‘मिनी जनमत संग्रह’मा अभिव्यक्त जनताको अभिमतले नेपालको राजनीतिलाई दिशानिर्देश भने अवश्य गर्नेछ ।


Advertisment

दशकौं पुरानो इतिहास भएका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता स्थापित दललाई विगतको भन्दा हैसियत खस्किने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किनारा लगाइदिएको छ । पुराना दललाई भ्रष्ट र असक्षमको आरोप लगाउँदै भर्खरै स्थापना गरेको नयाँ दलले पाएको मत प्रतिशतले स्थापित दललाई रनभूल्लमा पारिदिएको छ । उनीहरूलाई खतराको घण्टी बजाइदिएको छ । 


Advertisment

चितवन र तनहुँको निर्वाचनमा त्यहाँका स्थानीय नेता पराजित भएका होइनन्, कांग्रेस र एमालेको शीर्ष नेतृत्व असफल भएको हो । अझ बढी उम्मेदवार नभएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पराजित भएका हुन् ।

आफ्नो सत्ता जोगाउने नाममा प्रधानमन्त्रीले नैतिकता बिर्सेर गठबन्धनका उम्मेदवारलाई भोट मात्र मागेनन् चुनाव प्रभावित गर्नेगरी मन्त्री बनाउने झूटो आश्वासन बाँड्दै हिँडे । पुराना दलले चुनावमा लज्जास्पद पराजय व्यहोर्नुका पछाडि सत्तामा रहेर उनीहरूले देखाएको गैरजिम्मेवारी प्रमुख कारण हो ।

राज्य सञ्चालनको नेतृत्वमा रहेका सत्तासीनको कार्यशैलीलाई जनताले अस्वीकार गरे । सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारलाई जनताले मन पराएनन् । अति भएपछि उनीहरूले विकल्प खोजे । 

चुनावको नतिजाले झस्किएका राजनीतिक दलले आफूहरू सच्चिने ओठे प्रतिबद्धता त जनाएका छन्, तर सच्चिने इच्छाशक्ति उनीहरूमा देखिँदैन ।

पुराना दल सच्चिने कुरालाई मतदाताले पत्याएका छैनन्, विगतको ट्रयाक रेकर्ड हेरेर । राज्यको सेवा प्रवाहमा तत्कालै व्यापक सुधार थालिएन भने पुराना भनिएका दल ओरालो लाग्ने मात्र होइन अस्तित्व नै संकटमा पर्नेछ । 

स्थापित भनिएका दलका नेताहरू देश र जनताको समस्याका लागि बहसमा उत्रिएनन् । सत्तामा रमाउनका लागि जायज नाजायज हरेक राजनीतिक हतकण्डा गर्न पछि परेनन् । दुई–दुई महिनामा सत्ता समीकरण फेरबदलमा लागे । त्यसैको असन्तुष्टि र आक्रोश उपनिर्वाचनमा व्यक्त भयो । 

मतदाताले नयाँ दललाई विश्वास गरेका छन्, सेवा प्रवाहमा सुधारको अपेक्षासहित । जनताका आधारभूत आवश्यकता पूरा गर्न सहज नपारिदिए उदाउँदै गरेका नयाँ दलको हविगत पनि उस्तै हुने हो । पुराना–नयाँ सबै दलले जनतालाई सुविधा दिन प्रतिस्पर्धा गरे भने सबैको अस्तित्व कायम रहने छ । 

शिक्षा र स्वास्थ्यजस्ता नागरिकका आधारभूत आवश्यकतामा भइरहेको चरम व्यापारीकरणले न्यून आर्थिक हैसियत भएको वर्ग प्रताडित छ ।

विकास निर्माणमा भएको ढिलाइले अस्तव्यस्त र धुलाम्मे सडक, अचाक्ली मूल्यवृद्धि र बेरोजगारीजस्ता समस्याले समाज उकुसमुकुस भएको स्थिति छ । 

‘भूतघर’जस्ता बनाइएका सरकारी अस्पतालको सुधारमार्फत नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच, राहदानी, राष्ट्रिय परिचयपत्र तथा प्रहरी रिपोर्ट जस्ता प्रशासनिक काममा सर्वसाधारणलाई सहज नबनाउने हो भने जनताको आक्रोश विस्फोटक तहमा पुग्नेछ । उपनिर्वाचनको सन्देशलाई राजनीतिक दलले बेवास्ता गरेर कार्यशैली बदलेनन् भने पुराना दल बढारिने दिन टाढा छैन ।

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x