२५ असार २०८३, बिहीबार

भ्रष्टाचारविरुद्ध प्लेकार्डसहित प्रदर्शनमा उत्रिए दीपकराज गिरी

भ्रष्टाचारविरुद्ध प्लेकार्डसहित प्रदर्शनमा उत्रिए दीपकराज गिरी
तस्वीर : दीपकराजको फेसबुकबाट

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर भएको प्रदर्शनमा अभिनेता एवं निर्माता दीपकराज गिरी पनि सहभागी भएका छन् ।

पछिल्ला दिनमा दिनहुँजसो विभिन्न समूह र संस्थाले भ्रष्टाचारविरुद्ध प्लेकार्ड र नाराजुलुससहित माइतीघर मण्डलामा प्रदर्शन गर्ने गरेका छन् । 

मंगलबार फेसबुक समूह एमआरआरले गरेको भ्रष्टाचारविरुद्ध प्रदर्शनमा दीपकराज सहभागी भएका हुन् । 

‘ठूला साना सबैको पालो, यसपालि तोड्नुछ भ्रष्टाचारको जालो’लेखेको प्लेकार्ड लिएर उनी माइतीघरमा उपस्थित थिए ।​ 

एमआरआरका सदस्यसँगै माइतीघर पुगेका दीपकराजका साथमा निर्माता एवं कलाकार निर्मल शर्मा लगायतका फिल्मकर्मी पनि सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्