
लामो रस्साकस्सीपछि फिल्म ‘काँडेतार’ सेन्सर पास भएको छ ।
नेपाल सरकार केन्द्रीय चलचित्र जाँच समितिले फिल्ममा रहेका केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि बिहीवार स्वीकृति दिएको हो ।
निर्माता, निर्देशक एवं अभिनेता नवल खड्काले फिल्म सेन्सर फुकुवा भएको जानकारी दिए ।
चलचित्र जाँच समितिले फिल्मलाई अभिभावकको निगरानीमा बालदर्शकले हेर्न मिल्ने गरि पीजी प्रमाणपत्र प्रदान गरेको छ ।

सेन्सर पास भएपछि निर्माता, निर्देशक एवं अभिनेता खड्काले दवाव सिर्जना गर्न साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।
उनले फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने जनाएका छन् ।
फिल्ममा नवलसँगै गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर, प्रशान्त यादव, प्रेम सुब्बा, सञ्जय खतिवडा लगायतको अभिनय छ ।