१६ असार २०८३, मंगलबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ‘युरोमनी अवार्ड्स फर एक्सलेन्सी’बाट तेस्रो पटक सम्मानित

साउन १०, २०८०
काठमाडौं
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ‘युरोमनी अवार्ड्स फर एक्सलेन्सी’बाट तेस्रो पटक सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘युरोमनी अवार्ड्स फर एक्सलेन्सी २०२३’बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायका लागि एनआईएमबी सम्मानित भएको हो ।

बेलायतमा रहेको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन युरोमनीबाट बैंक तेस्रोपटक सम्मानित भएको हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले उक्त अवार्ड प्राप्त गरेको थियो।

वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएको हुनाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मानित गर्नुको कारण रहेको उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्