
उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ। अदालतका अनुसार उपरजिस्ट्रार पराजुलीको मंगलबार निधन भएको हो ।
पराजुलीको निधनका कारण आज उच्च अदालत पाटनका सम्पूर्ण इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको छ।
उच्च अदालत पाटन, हरिहरभवनले आजै एक संक्षिप्त सूचना जारी गर्दै शोकको घडीमा आजका लागि तय भएका सम्पूर्ण इजलासका मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जानकारी दिएको हो ।