३१ असार २०८३, बुधबार

विमानस्थलमै कार्यक्रम गर्न चाहन्थे दुर्गा प्रसाईं, प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याइदियो

असार २८, २०८३
काठमाडौं
विमानस्थलमै कार्यक्रम गर्न चाहन्थे दुर्गा प्रसाईं, प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याइदियो

​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर उनको भक्तपुरस्थित निवासमा पुर्‍याएर छाडेको छ ।

झापाबाट आएपछि प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलनको तयारी गरेका थिए । त्यो सूचना प्रहरीले पाएसँगै उनलाई ‘निषेधित क्षेत्रमा कार्यक्रम गर्न नपाइने’ भन्दै नियन्त्रणमा लिएर घर लगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार निषेधित क्षेत्रमा कार्यक्रम गर्न लागेपछि प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याइएको हो ।

भट्टराईले लोकान्तरसँग भने, ‘निषेधित क्षेत्रमा कार्यक्रम गर्न पाइँदैन, उहाँलाई आदर साथ प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास लगिदिएका हो ।’​​

प्रसाईंले आत्मदाह गरेका गणेश नेपालीको विषयमा केही बताउने भन्दै पत्रकार सम्मेलन गर्न लागेका थिए ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी 

nullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्