०४ साउन २०८३, सोमबार

पेद्रो पोरोको सुन्दर गोलसँगै स्पेन २–० ले अगाडि, फ्रान्स संकटमा

असार ३१, २०८३
काठमाडौं
पेद्रो पोरोको सुन्दर गोलसँगै स्पेन २–० ले अगाडि, फ्रान्स संकटमा

 विश्वकपको पहिलो सेमिफाइनलमा स्पेनले आफ्नो पकड अझ मजबुत बनाएको छ। दोस्रो हाफमा पेद्रो पोरोले उत्कृष्ट गोल गरेपछि प्रतियोगिताको प्रमुख दावेदार मानिएको फ्रान्सविरुद्ध स्पेनले २–० को अग्रता लिएको छ।

खेलको ५८ औं मिनेटमा टोटेनहामका राइट-ब्याक पोरोले स्पेनका लागि दोस्रो गोल गरे। उनले डानी ओल्मोसँग पेनाल्टी बक्सभित्र सुन्दर 'वान-टु' पास खेल्दै फ्रान्सेली गोलकिपर माइक मेग्नानलाई पूर्ण रूपमा छक्याएर सानदार गोल गरेका थिए। 
यसअघि पहिलो हाफको २२ औं मिनेटमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत स्पेनलाई सुरुवाति अग्रता दिलाएका थिए।
दुई गोलले पछि परेपछि डालस स्टेडियममा उपस्थित फ्रान्सेली समर्थक र बेन्चमा रहेका मुख्य प्रशिक्षक दिदिएर डेसक्याम्प्स स्तब्ध देखिएका छन्। कप्तान किलियन एम्बापेले खेलमा खासै जादु देखाउन सकेका छैनन् । 

स्थिति सुधार्न फ्रान्सले दोस्रो हाफको सुरुवातमै पहेँलो कार्ड पाइसकेका एड्रियन राबियोटको सट्टा ओरेलियन चुआमेनीलाई मैदान पठाएको थियो भने ५५ औं मिनेटमा ब्राड्ली बारकोलालाई झिकेर देसिरे दुएलाई उतारेको थियो। तर, मिडफिल्डमा स्पेनका रोड्रीले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका सबै रणनीति असफल बनाइदिएका छन्। 
 

कमेन्ट गर्नुहोस्