०८ साउन २०८३, शुक्रबार

साउनको पहिलो सोमबार, पशुपतीमा बिहानैदेखि भक्तजनको भीड [तस्वीरहरू]

साउन ४, २०८३
काठमाडौं
साउनको पहिलो सोमबार, पशुपतीमा बिहानैदेखि भक्तजनको भीड [तस्वीरहरू]

आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ । 

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । 

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरू भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । 

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

nullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्