०४ साउन २०८३, सोमबार

पहिरोले थुनियो पोखराको सेती नदी [तस्वीरहरू]

साउन ३, २०८३
काठमाडौं
पहिरोले थुनियो पोखराको सेती नदी [तस्वीरहरू]

निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।

पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो ।

पहिरोले थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन । पहिरोले थुनिए भन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको उपप्रमुख गुरुङले बताइन् ।

तस्वीर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

nullnullnullnullnullnullnullnullnullnull

कमेन्ट गर्नुहोस्