०५ साउन २०८३, मंगलबार

हारपछि हातपातमा उत्रिए अर्जेन्टिनी खेलाडी

साउन ४, २०८३
काठमाडौं
हारपछि हातपातमा उत्रिए अर्जेन्टिनी खेलाडी

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै स्पेनका खेलाडीसँग हातपात गरेका छन्।

अन्तिम सिटी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्री उपाधि उत्सव मनाउन दौडिरहेका बेला अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई धक्का दिएका थिए। त्यसपछि दुवै टोलीका खेलाडीबीच भनाभन र धकेलाधकेल सुरु भएको थियो।

झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पारेडेस सबैभन्दा आक्रामक देखिएका थिए। उनले स्पेनका खेलाडीलाई धक्का दिनुका साथै मुक्का प्रहार गर्ने प्रयास गरेका थिए। त्यसपछि दुवै टोलीका अन्य खेलाडी र अफिसियलहरूबीच परेर स्थिति नियन्त्रणमा लिएका थिए।

अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोलमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्