०५ साउन २०८३, मंगलबार

फिस्लिङमा पहिरो खस्यो- पृथ्वी राजमार्ग अवरुद्ध

साउन ४, २०८३
काठमाडौं
फिस्लिङमा पहिरो खस्यो- पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान २:२० बजे पहिरो गएसँगै सडकमा सवारी आवागमन ठप्प भएको हो । 
    
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८ बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।

अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ  । 
    
स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्