
गणेश नेपाली आत्मदाह घटना तथा सुकुम्बासीमाथि अमानवीय हर्कत गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले 'गणेश नेपालीको हत्यारा सरकार'लगायतका नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो।
त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई अघि बढ्न नदिई रोक्ने प्रयास गरेको थियो।
तस्वीर : नेपाल फोटो लाइब्रेरी















