
‘यो तीजमा न जाने माइती’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीको एक हलमा गीतको भिडियो स्क्रिनिङ गर्दै युट्युबमा सार्वजनिक गरिएको हो ।
सम्भूजीत बासकोटाको शब्द एवं संगीत रहेको यो गीतमा मञ्जु थापाको स्वर छ । मञ्जुले स्वर दिएको ‘तीजको रहर आयो बरिलै’ गीतको रिमेक भर्सन चर्चित छ ।

माइत नगएका दिदीबहिनीहरूको रमाइलोलाई ‘यो तीजमा न जाने माइती’मा समावेश गरिएको छ ।
अभिनेत्री दीपाश्री निरौलादेखि नीता ढुंगानासम्मको नृत्य भिडियोमा छ । अग्रज अभिनेत्री शर्मिला मल्लदेखि रेजिना उप्रेती, शिला गजुरेलसम्मले पनि भिडियोमा कम्मर मर्काएर नृत्य गरेका छन् ।
गम्भीर विष्टले भिडियोको कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।
दिनेश पराजुलीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई म्युजिक नेपालले प्रस्तुत गरेको हो ।