×

NMB BANK
NIC ASIA

चलचित्र

सुस्तायो फिल्म बजार : निर्माण घट्नुको कारण निरन्तर फ्लपको शृंखला कि आर्थिक मन्दी ?

सरोज खनाल भन्छन् – वर्षमा ५२ वटासम्म फिल्म भए पुग्छ

काठमाडाैं | साउन २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीअघि वर्षमा १०० को हाराहारीमा नेपाली फिल्म प्रदर्शनमा आउँथे । अघिल्लो वर्ष प्रदर्शन हुने फिल्मको संख्या जम्मा ४९ मात्रै रह्यो । जुन कोरोनाअघिका वर्षको तुलनामा ५० प्रतिशतभन्दा कम हो ।

Muktinath Bank

यस वर्ष त्यो संख्या अझ घट्न सक्ने अनुमान गरिएको छ । साउनको तेस्रो हप्तासम्म आउँदा डेढ दर्जन फिल्महरू पनि प्रदर्शनमा आएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजागञ्ज’, ‘हात्तीछाप’ लगायतका एकाध फिल्म मात्र यतिबेला छायांकनमा छन् । 


Advertisment
Nabil box
Kumari

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली कोरोना महामारीले समस्यामा परेको फिल्म क्षेत्र यतिबेला फेरि सुस्ताएको बताउँछन् । 

Vianet communication
Laxmi Bank

प्रदर्शनमा आएका एकपछि अर्को फिल्म असफल हुनु, सबैतिर आर्थिक मन्दी छाउनु लगायतका कारणले फिल्म क्षेत्रमा उत्साह नदेखिएको उनले बताए । उत्साह घटेसँगै पछिल्लो समय फिल्म निर्माण पनि घट्दो छ । पराजुलीको बुझाइमा यतिबेला फिल्म निर्माण झण्डै आधा घटेको छ । 

‘फिल्मको व्यापारमा मन्दी छँदैछ । त्यो मन्दीभन्दा ठूलो यतिबेला आर्थिक मन्दी छ,’ पराजुलीले भने, ‘कुनै व्यक्तिले फिल्ममा पैसा लगाउँछु भन्ने सोचिरहेको छ तर उसको अरु व्यवसायमा मन्दी भएकाले फिल्म निर्माणलाई होल्डमा राखेको पाइन्छ ।’ 

वैशाखमा प्रदर्शनमा आएको ‘जारी’पछिका कुनै पनि फिल्मले राम्रो कमाइ गर्न सकिरहेका छैनन् । अपेक्षा गरिएको फिल्मले पनि दर्शक तान्न नसक्दा निर्माता पनि झस्किरहेका छन् । 

‘अहिले एकाध फिल्महरू मात्रै फ्लोरमा छन् । धेरै प्राविधिकहरू खाली छन्,’ पराजुलीले भने, ‘पहिलेको तुलनामा फिल्म निर्माण ४०–५० प्रतिशतले नै घटेको पाएको छु ।’ हलमा दर्शक पुग्न नसक्नुमा कन्टेन्टले अपिल गर्न नसकिरहेको पराजुलीले बताए । 

फिल्म नचल्नुमा मुख्य कारण कमजोर कन्टेन्ट रहे पनि आर्थिक मन्दीको प्रभाव पनि रहेको उनले बताए । अहिले दर्शकको स्वाद फेरिएको बताउँदै त्यही अनुसारका फिल्महरू आउनुपर्ने धारणा उनी राख्छन् ।

‘दर्शक नै हलमा नआउने होइनन् । राम्रो फिल्म बन्ने हो भने दर्शकको आकर्षण फेरि बढ्छ,’ उनी भन्छन्, ‘फिल्म चल्न थाल्यो भने निर्माण पनि बढ्नेछ ।’ 

चलचित्र निर्माता संघमा फिल्म निर्माणका लागि सिफारिस चाहियो भनेर पुग्नेहरू पनि हिजोआज ह्वात्तै घटेका छन् । 

‘विगतमा सिफारिस लिन आउनेहरूको संख्या बाक्लो हुन्थ्यो,’ संघका अध्यक्ष नवल खड्का भन्छन्, ‘पहिलेको तुलनामा अहिले आधाभन्दा कम छ ।’ 

उनले पनि आर्थिक मन्दीको असर फिल्म क्षेत्रमा परिरहेको बताए । खड्काको निर्माण एवं निर्देशनमा बनेको फिल्म ‘काँडेतार’ आगामी फागुनमा प्रदर्शनमा आउँदैछ । 

अहिले फिल्म नचलिरहेको माहोल र आर्थिक मन्दीको प्रभावलाई हेरेर नै आफ्नो फिल्मलाई फागुनमा पुर्‍याएको उनी बताउँछन् । निर्माताहरू घोषणा गरिसकेका फिल्मको छायांकनलाई पनि पछाडि धकेलिरहेका छन् ।

null

असार–साउन फिल्म क्षेत्रका लागि अफसिजन मानिने पनि कतिपय फिल्मकर्मीले बताउने गरेका छन् । भदौमा आशा गरिएका फिल्महरू प्रदर्शनमा आउने र फिल्म क्षेत्र लयमा फर्किने आशा भने फिल्मकर्मीको छ । 

अग्रज अभिनेता सरोज खनाल नेपालमा बनिरहेका फिल्म संख्यात्मक हिसाबले दर्शकलाई बढी भएको धारणा राख्छन् । वर्षमा ५२ वटासम्म फिल्म भए पुग्ने उनको भनाइ छ । 

‘हेर्ने दर्शक पहिले जत्तिकै हुन् । बरु त्योभन्दा घट्दैछन् । युवाजति विदेश गइरहेका छन् । घरका बूढाबूढी, आमाबुवाले कति फिल्म हेर्छन् र ! केटाकेटीले कति फिल्म हेर्छन् र ! दर्शक घट्दैछन्, फिल्म बढ्दैछन्,’ खनालले लोकान्तरसँग भने ।

धेरै फिल्महरू घाटामा गइरहेको अवस्थामा मिलेर लगानी गर्न उनी निर्माताहरूलाई सुझाव दिन्छन् । यसमा फिल्म सम्बन्धी छाता संगठनहरूले भूमिका खेल्नुपर्ने उनी बताउँछन् । २ देखि ४ जना मिलेर लगानी गर्दा संख्या कम हुन आउने र फिल्म नचले निर्मातालाई धेरै भार पनि नपर्ने सरोजको धारणा छ । सबैजना मिलेर राम्रो फिल्म बनाउन सके यो क्षेत्रलाई फाइदा पुग्ने उनले बताए ।

‘हामी मिलेर जाऔं । फिल्म संख्या घटाऔं, राम्रो बनाऔं,’ उनले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x