१७ असार २०८३, बुधबार

बागमती सरकारले माग्यो दुई जना सिभिल इन्जिनियर, कहिलेसम्म छ आवेदन दिने समय ?

भदौ १, २०८०
काठमाडौं
बागमती सरकारले माग्यो दुई जना सिभिल इन्जिनियर, कहिलेसम्म छ आवेदन दिने समय ?

बागमती प्रदेश सरकारले दुई जना इन्जिनियर माग गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रवार सूचना प्रकाशित गर्दै दुई जना सिभिल इन्जिनियर माग गरेको हो । 

मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, भैंसेपाटी, काभ्रेपलाञ्चोकको स्वीकृत अस्थायी दरबन्दीमा करारमा कर्मचारी माग गरिएको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र राजस्व तिरेको रसिदसहित दरखास्त दिनुहुन मन्त्रालयले अनुरोध गरेको छ । 

न्यूनतम शैक्षिक योग्यता :
सिभिल इन्जिनियर पदका लागि :
नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी इन्जिनियरिङ परिषद्मा दर्ता भएको । 
• सिभिल सब इन्जिनियर पदका लागि :नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा / प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी इन्जिनियरिङ परिषद्मा दर्ता भएको । 
• उमेरको हद :दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गको हकमा ४० वर्ष ननाघेको ।

दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरू : 
उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कार्य अनुभवको प्रमाणित प्रतिलिपि, प्रचलित कानुन बमोजिम इन्जिनियरिङ परिषद्मा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ । पेस गरिने सबै कागजातको प्रतिलिपि उम्मेदवारले स्वयं प्रमाणित गर्नुपर्नेछ ।
● छनोटको आधार : 
शैक्षिक योग्यता, स्थानीयता, अनुभव र अन्तर्वार्ता ।
दरखास्त दस्तुर : 
सिभिल इन्जिनियरका लागि १,२०० /- (एक हजार दुई सय) र सिभिल 
सब इन्जिनियरका लागि ७०० /- ( सात सय) 
दरखास्त बुझाउने अन्तिम मिति : यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ।
दरखास्त बुझाउने स्थान : सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, हेटौँडा ।
तलब :प्रचलित कानुन बमोजिम ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्