१४ असार २०८३, आइतबार

हेलो सरकारमा एनसेल नम्बरबाट निःशुल्क कल गर्न सकिने

भदौ ३, २०८०
काठमाडौं
हेलो सरकारमा एनसेल नम्बरबाट निःशुल्क कल गर्न सकिने

एनसेल प्रयोगकर्ताले अब हेलो सरकारमा निःशुल्क कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् । ​

हेलो सरकारले एक सूचना जारी गर्दै यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या  पूर्णरूपमा समाधान भएको र अब निः शुल्क कल गर्ने सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो ।

अब नेपाल टेलिकम र एनसेल दुबै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् ।

त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, इमेललगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने हेलो सरकारले जनाएको छ ।

नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चौबिसै घण्टा सञ्चालन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्