०९ असार २०८३, मंगलबार

अभिनेत्री निरूता सिंहले गरिन् मुम्बईका सञ्जीव गुलाटीसँग विवाह

भदौ १६, २०८०
काठमाडौं
अभिनेत्री निरूता सिंहले गरिन् मुम्बईका सञ्जीव गुलाटीसँग विवाह

अभिनेत्री निरूता सिंहले मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेकी छन्।

गत अगस्ट ३१ मा गुलाटीसँग विवाह गरेको उनले शनिवार सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएकी छिन् । 

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको विना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरूता जी बिहे कहिले गर्ने?’ भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु । तपाईंहरूको निरूता सिंहले गत बिहीवार ३१ अगस्ट २०२३ को दिन मुम्बई निवासी श्री सञ्जीव गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।

साथै उनले चाँडै नेपाल आउनेसमेत बताएकी छिन् । 'हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु  । चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु' उनले लेखेकी छिन् ।

सिंहले ५० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन्। दर्पण छाया, सिउँदोको सिन्दुर, ठूल्दाइ, उनका हिट फिल्म हुन्।


 

salt training

कमेन्ट गर्नुहोस्