१४ असार २०८३, आइतबार

दक्षिण कोरियामा कार्यरत नेपालीलाई पेन्सन दिन सांसद पौडेलको आग्रह

मंसिर १, २०८०
काठमाडौं
दक्षिण कोरियामा कार्यरत नेपालीलाई पेन्सन दिन सांसद पौडेलको आग्रह

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् ।

नेपाल र दक्षिण कोरियाबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठमा कोरिया नेपाल पार्लियामेन्ट कमिटीद्वारा आज कोरियाको राजधानी सिओलस्थित नेशनल एसेम्ली हाउसमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो आग्रह गरेका हुन् ।

उनले कोरियामा काम गर्ने नेपालीहरू काम गर्न आएको समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसँग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गरे ।

पौडेलले नेपाल र कोरियाबिच कनेक्टिभिटी बढाउने र दुवै देशका बिचमा सिधा हवाई उडानहरू दुवै तर्फका ध्वजावाहकहरूलाई उडान स्वीकृति प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । सीधा उडान भए सांस्कृतिक, व्यापारिक र पर्यटनको आदानप्रदान बढ्ने र यात्राको सहजताले उद्यमीहरू र लगानीकर्ताहरूलाई आर्थिक वृद्धि र विविधीकरणमा योगदान गर्दै एक अर्काको देशमा अवसरहरू अन्वेषण गर्न सहयोग पुग्ने पौडेलले उल्लेख गरे ।

सांसद पौडेलले गत कात्तिक १७ गते राति जाजरकोटको केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको राहत र पुर्न स्थापनाका लागि सहयोग गर्न दक्षिण कोरिया सरकार र कोरियामा रहेका नेपालीहरूलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै उनले दक्षिण कोरियाले छोटो अवधिमा हासिल गरेको प्रगति नेपालका लागि प्रेरणाको श्रोत बनेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्