×

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान

काठमाडाैं | मंसिर ९, २०८०

संघीय संसद्‍अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकालविरूद्ध उजुरी दिन संसदीय सुनुवाइले आह्वान गरेको हो।

Laxmi Bank

‘सर्वोच्च अदालतका न्यायाधीशहरूको पदमा देहाय अनुसारका व्यक्तिहरूको नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दस) दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,‘ सुनुवाइ समितिको सूचनामा भनिएको छ।


Advertisment

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने समितिले जनाएको छ ।


Advertisment

गत मंगलबार बसेको न्याय परिषद् बैठकले ६ जना न्यायाधीश सिफारिस गरेको थियो ।

 

उजुरी आह्वानको सूचना

असार २६, २०८१

सर्वोच्च अदालतले समान मर्यादाक्रममा रहेका कर्मचारीहरूको समान तलबमान अविलम्ब समायोजन तथा निर्धारण गर्न नेपाल सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको सं...

बैशाख २७, २०८१

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालत...

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

पुस २५, २०८०

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

माघ २९, २०८०

बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...

जेठ १, २०८१

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा मंगलवार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलाशमा पहिलो नम्बरमै पेशी तोकिएको हो । बलात्कार मुद्दामा काठमाडौं ...

शुभ विजया !

शुभ विजया !

असोज २६, २०८१

आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

x