०४ असार २०८३, बिहीबार

‘महाजात्रा’को फस्टलुकमा यस्तो देखिए हरिवंश, विपिनसहितका कलाकार

पुस १७, २०८०
काठमाडौं
‘महाजात्रा’को फस्टलुकमा यस्तो देखिए हरिवंश, विपिनसहितका कलाकार

निर्माण घोषणादेखि नै प्रतीक्षित मानिएको फिल्म ‘महाजात्रा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । 

पोस्टरमा फिल्मका शीर्ष कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँलाई चित्रण गरिएको छ । ‘जात्रा’ सिरिजमा हरिवंश पहिलोपटक जोडिएका हुन् । 

पोस्टरमा पैसाको बिटा पनि देखाइएको छ । साथमा एक भ्यान पनि देख्न सकिन्छ । प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म ‘महाजात्रा’ चैत ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’को व्यावसायिक सफलतापछि ‘महाजात्रा’ बनेको हो । 

फिल्ममा वर्षा राउत, राजाराम पौडेल, शिशिर बाङ्देल, दिव्यदेव, गौमाया गुरुङ, सुमन कार्की लगायतको पनि अभिनय छ । षट्कोण आर्टसको ब्यानरमा बनेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् ।

salt training

कमेन्ट गर्नुहोस्