१४ असार २०८३, आइतबार

कोरियन भाषा परीक्षाः   रजिस्ट्रेसन  नम्बर परिवर्तन

माघ १२, २०८०
काठमाडौं
कोरियन भाषा परीक्षाः   रजिस्ट्रेसन  नम्बर परिवर्तन

रोजगार अनुुमति प्रणाली (इपिएस) कोरियन भाषा परीक्षाका  लागि  आवेदन  दिएकाहरूको  रजिस्ट्रेसन  नम्बर परिवर्तन भएर आएको छ ।इपिएस कोरिया शाखाका अनुसार उत्पादनमूलक क्षेत्रका  लागि  आवेदन  दिएकाको  यसअघि  कायम  भएको रजिस्ट्रेसन नम्बर कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले परिवर्तन गरेर पठाएको हो ।

परिवर्तित नयाँ रजिस्ट्रेसन नम्बर फाराम भर्दाको बेबसाइटमा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने सो शाखाले जनाएको छ । सन्  २०२४  मा  उत्पादनतर्फका  लागि  कोरिया  भाषा परीक्षाका लागि एक लाख ६४ हजारभन्दा बढीको आवेदन परेको छ ।

इपिएस शाखाले सबै आवेदकलाई इपिएसको साइटमा पुनः लगइन गरेर आफ्नो रजिस्ट्रेसन नम्बर प्रिन्ट गर्न आग्रह गरेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्