०१ असार २०८३, सोमबार

फिल्म ‘हात्तीछाप’को प्रिमियर, कस्तो पायो प्रतिक्रिया ?

माघ २४, २०८०
काठमाडौं
फिल्म ‘हात्तीछाप’को प्रिमियर, कस्तो पायो प्रतिक्रिया ?

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को राजधानीमा प्रिमियर गरिएको छ । मंगलबार बेलुका गरिएको प्रिमियरमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी र सञ्चारकर्मीको उपस्थिति रह्यो । 

सिमोस सुनुवारको निर्देशनमा प्रदीप भारद्वाजको कथा रहेको यो फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे । फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई २ घण्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए । 

फिल्म हेर्न पुगेका निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाईं, अभिनेत्री रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे । 

फिल्म हेर्नका लागि निर्देशक दिवाकर भट्टराई, मोडल गरिमा शर्मा, अभिनेता तथा मोडल राज कटुवाल पनि हल पुगेका थिए । 

फिल्म हेरेपछि अभिनेत्री बेनिशा हमाल उत्साहित देखिइन् । फिल्ममा सरप्राइज भूमिकामा देखिएकी बेनिशाले दर्शकलाई यसको कथावस्तु मनपर्ने दाबी गरिन् । अर्की अभिनेत्री उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । फिल्म ‘हात्तीछाप’मा ‘बोतल राजा’को भूमिकामा देखिएका अभिनेता सौगात मल्लले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे । 

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमालका साथमा विजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, बुद्धि तामाङ लगायतको पनि अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्