
संंयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न भएको आबुधाबी डायलगमा नेपालले नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ । श्रमिक पठाउने र श्रमिक लिने २१ देशका उच्च श्रम अधिकारी सहभागी भएको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी नेतृत्वको टोलीले रोजगारदाता देशले श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको हो । गोरखापत्रमा खबर छ।