१३ असार २०८३, शनिबार

‘उपहार’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया

फागुन २५, २०८०
काठमाडौं
‘उपहार’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया

शुक्रबार रिलिज भएको फिल्म ‘उपहार’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । 

राजधानीमा बिहीबार गरिएको ग्राण्ड प्रिमियरमा फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेताहरू मुकुन भुषाल, समर्पणजंग कार्की र तेज गिरीलगायतको उपस्थिति थियो । रेखा थापाको यो फिल्म हेर्न थुप्रै फिल्मीकर्मी विग मुभिज पुगेका थिए । 

प्रिमियर समारोहमा उपस्थित हुन नसकेकी अभिनेत्री तथा निर्मात्री थापाले भिडियो सन्देशमार्फत सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । ‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । फिल्म हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ’, अभिनेत्री थापाले भनिन्,‘यो फिल्ममा नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाइएको छ । स्वाभिमानी महिलाको कथा हो ।’ 

प्रिमियरमा उपस्थित अभिनेत्री केकी अधिकारी, अभिनेता विजय लामा, निर्देशक शोभित बस्नेत, सुदर्शन थापा, मोडल उषा उप्रेती, निर्देशक कृषा चौलागाईं, दिवाकर भट्टराईले फिल्मको कथाले मन छोएको बताए । त्यस्तै माता सबिता आचार्य, संगीतकार अर्जुन पोखरेल, कलाकार शिवहरि पौडेल, लेखक प्रदीप भारद्वाजलगायतले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । 

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ । 

फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ । 

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । 

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्