१४ असार २०८३, आइतबार

बलात्कार आरोपमा एक जना पक्राउ

असार १३, २०८३
नवलपरासी
बलात्कार आरोपमा एक जना पक्राउ

नवलपरासी पश्चिममा ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका- १२ बस्ने ५१ वर्षीय रामबहादुर सुनार छन् । उनलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रामबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्