०४ असार २०८३, बिहीबार

टाटा मोटर्स स्प्रिङ एक्सचेन्जको समय थप

फागुन २७, २०८०
काठमाडौं
टाटा मोटर्स स्प्रिङ एक्सचेन्जको समय थप

टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकहरूका लागि आयोजना गरेको स्प्रिङ एक्सचेन्ज कार्यक्रमको समयसीमा थप गरेको छ ।

ग्राहकको चाहना तथा ग्याल्पो ल्होसारको अवसरमा कार्यक्रमको समयसीमा एक दिन थप गरिएको कम्पनीले जनाएको छ ।

यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरू साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।​

स्प्रिङ एक्सचेन्ज कार्यक्रममा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, हरेक बुकिङ्गमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार यस एक्सचेन्ज कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभुती गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको छ ।

कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । साथै कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपूर फाइदा उठाउन पनि कम्पनले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्