२५ जेठ २०८३, सोमबार

काठमाडौंका सबै टोलको प्राचिन नाम र विशेषता अब रञ्जनासँगै ३ लिपिमा

चैत ४, २०८०
काठमाडौं
काठमाडौंका सबै टोलको प्राचिन नाम र विशेषता अब रञ्जनासँगै ३ लिपिमा

काठमाडौंं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्रका स्थानीय ठाउँका नामहरूको पुनःस्थापनाको तयारी थालेको छ । पुनरुत्थान गरिएका स्थानीय ठाउँका नामहरू नामपाटीमा तीन लिपिमा राखिने महानगरले जानकारी दिएको छ ।  

जसमा रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी भाषा छन् ।

०७५ सालबाट शुरूवात गरेको ‘क्यालिजात्रा’ले नेपाल कला परिषद्को हलमा ‘नित्या रञ्जना’ युनिकोड फन्टको विमोचनका लागि आइतवार आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोलले यस्तो जानकारी दिएकी हुन् ।

‘काठमाडौंका हरेक ठाउँको आफ्नो स्थानीय नाम छ,’ डंगोलले भनिन्, ‘त्यो ठाउँको नामका पछि इतिहास जोडिएको छ ।’

null

उनले कुनै ठाउँको नामसँग त्यसको अर्थसमेत जोडिएको उल्लेख गरिन् । ‘ती नामहरूलाई मर्न दिनु हुँदैन भनेर स्थानीय नामको पुनःस्थापना गर्ने कामको शुरूवात गरेका छौँ,’ उनले भनिन्, ‘हामीले त्यसको अध्ययन गरेर नै काम अघि बढाएका हौँ ।’ 

उपप्रमुख डंगोलले पहिलो पटक पाँचवटा वडाबाट नमूनाका रुपमा काम अघि बढाएको समेत जानकारी दिइन् । त्यसका लागि ती वडाको नाम पुष्टि गर्ने चरण पूरा गरेको उनको भनाइ छ ।

महानगरले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्नेलगायतका काम गर्दै आएको छ ।  ‘अब हरेक स्थानको नाम आफ्नो सत्य–तथ्यका आधारमा प्राचिन नाम हुनेछ । त्यसको विशेष अर्थ रहने छ,’ डंगोलले भनिन्, ‘प्राचिन नामसँगै राखिने नामपाटीमा रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी भाषा प्रष्टसँग राखिने छ ।’ 

उनले अब रञ्जना लिपि राख्दा गल्ती होला कि भनेर कसैले डराउनै नपर्ने भन्दै त्यसको फन्टकै शुरूवात गरिसकेको जानकारी दिइन् ।

‘अब कुनै विज्ञको साथ नलिइ पनि रञ्जना लिपि लेख्न सकिन्छ,’ उनले थपिन्, ‘नामपाटीमा रञ्जना लिपि लेख्न आइतवार विमोचन गरेको ‘नित्या रञ्जना’ युनिकोड फन्टले ठूलो सहयोग गर्ने अपेक्षा गरेका छौँ ।’ 

आधुनिकताका नाममा प्राचिन र मौलिक नाम नै लोप हुने खतरा बढेको भन्दै प्राचिन र मौलिक नामको संरक्षण, संवद्र्धनमा लागेको पनि डंगोलले जानकारी दिइन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्