एनसेलले फागु पूर्णिमा (होली पर्व)को महत्त्व बुझाउन सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ ।
युट्युबमार्फत सार्वजनिक गरिएको भिडियोले आधुनिक समयसँगै नयाँ सोचको साथ हुर्किएका नयाँ पुस्तालाई होलीको महत्त्व बुझाउने एनसेलले जनाएको छ ।
‘आफ्ना लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ नाराका साथ एनसेलले भिडियो बनाएको हो ।
आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली नेपालका प्रमुख चाडपर्वमध्ये एक हो । तर, साथीभाइ, आफन्त र परिवारसँग मिलेर रंगहरू खेल्दै, खुसी साट्दै मनाइने यो पर्वको रौनक विस्तारै हराउँदै गएको छ ।
छोराछोरीहरू आ–आफ्नै तरिकाले होली खेल्न घरबाहिर जाँदा बुवाआमाहरू एक्ला हुन्छन् । यही कमी महसुस गरेर भिडियो बनाएको एनसेलले जनाएको छ ।
भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोगमार्फत कसरी बुवा-आमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ ।
सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुशी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ ।
यी र यस्तै सन्देशमार्फत हरेक नाता-सम्बन्धलाई बलियो बनाउन र चाडपर्वको परम्परालाई जोगाइराख्न प्रयास गर्दै आएको एनसेलले जनाएको छ ।
यस्तो छ भिडियो :