०६ असार २०८३, शनिबार

न्यारोबडी जहाज मर्मत भएर दुई साताभित्र नेपाल आइपुग्ने

चैत १२, २०८०
काठमाडौं
न्यारोबडी जहाज मर्मत भएर दुई साताभित्र नेपाल आइपुग्ने

 इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज यही चैतभित्रै नेपाल फर्किने भएको छ । दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको नाइन एन एकेएक्स एयर बस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतको काम जारी रहेको र अबको दुई साताभित्र नेपाल फर्किने निगमले जनाएको छ ।  

निगमका प्रवक्ता रमेश पौडेलले भने, “जहाज मर्मत सम्भारका लागि सम्झौता भएको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी (आइएआई) ले सम्झौता अनुसार समयमै इन्जिन मर्मत गर्न नसक्दा लामो समयदेखि उतै ग्राउन्डेड भएको हो । केही समय पार्टपुर्जा उपलब्ध हुन नसक्दा ग्राउन्डेड रहेको उक्त जहाजमा अहिले कम्पनीले उपकरण तयार पारेर जडानको प्रक्रियामा रहेकाले अबको दुई साताभित्र नेपाल आइपुग्ने जानकारी आएको छ ।” गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्