०७ असार २०८३, आइतबार

एसइईमा ३५ हजार परीक्षार्थी अनुपस्थित

चैत २०, २०८०
काठमाडौं
एसइईमा ३५ हजार परीक्षार्थी अनुपस्थित

गत बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३५ हजार परीक्षार्थी अनुपस्थित भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाका लागि पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका छन् । उनले प्रवेशपत्र लिएकामध्ये परीक्षामा चार लाख ७० हजारको हाराहारीमा मात्रै उपस्थित भएको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

कमेन्ट गर्नुहोस्