×

NMB BANK
NIC ASIA

भारत सरकारको सहयोगमा बन्ने २ तले विद्यालय भवनको शिलान्यास

काठमाडाैं | चैत २६, २०८०

NTC
Premier Steels

सङ्खुवासभाको चिचिला गाउँपालिका–३ मा दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ ।

Muktinath Bank

भारत सरकारको सहयोगमा निर्माण हुने भवनको सोमवार भारतीय दूतावास काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालय भवन निर्माणका लागि नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारले ४ करोड २९ लाख रुपैयाँ उपलब्ध गराउने छ ।


Advertisment
Nabil box
Kumari

शैक्षिक तथा प्रशासनिक भवन दुई तलाको हुनेछ ।

Vianet communication

null

यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण दृष्टान्तको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ । 

कार्यक्रममा चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पाले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए । उक्त सहयोगले यस क्षेत्रको शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको छ । ४८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ ।

जसमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना सङ्खुवासभामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कूल बस सङ्खुवासभा जिल्लालाई उपलब्ध गराइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x