०५ असार २०८३, शुक्रबार

सावधान ! अहिले बजारमा भएको आँप खानयोग्य नहुन सक्छ

जेठ १२, २०८१
काठमाडौं
सावधान ! अहिले बजारमा भएको आँप खानयोग्य नहुन सक्छ

आँप छिट्टोमा जेठको अन्तिमदेखि मात्र पाक्न थाल्छन् र त्यो खानयोग्य हुन्छ ।  तर यहाँ बजारमा दुई/तीन महिनादेखि पाकेको आँप छ्यापछ्याप्ती पाउन थालेका छन् ।
 बजारमा अहिले बिक्रीवितरण भइरहेको आँप खानयोग्य छैन किनभने ती आँपलाई कृत्रिम ढङ्गले रासायनिक पदार्थ हालेर प्रयोग गरी पकाएर बिक्रीवितरण गरिरहेको विज्ञहरू बताउँछन् ।

काँचो आँपलाई क्याल्सियम कार्बाइड जस्ता रासायनिक पदार्थ प्रयोग गरेर पकाउने गरेका छन् जो स्वास्थ्यका लागि एकदमै हानिकारक छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सञ्जीव कर्णले बजारमा अहिले बिक्री भइरहेको आँप कार्बाइड हालेर पकाइएको छ कि छैन त्यो परीक्षणबाट मात्र पुष्टि हुने बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्