०४ असार २०८३, बिहीबार

बिचौलियाका कारण अन्डाको मूल्य अकाशियो, किसान र उपभोक्ता मारमा

साउन ३, २०८१
काठमाडौं
बिचौलियाका कारण अन्डाको मूल्य अकाशियो, किसान र उपभोक्ता मारमा

विचौलियाका कारण अन्डाको मूल्य अकाशिएको छ । एउटा अन्डामा पाँच रुपैयाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् । 

यसरी जथाभावी रूपमा मूल्य असुले पनि विचौतियासँग मिलोमतो गरी नियामक निकाय भने मौन बसेको उपभोत्ताको आरोप छ । अन्डाको लागत मूल्य नपाएपछि किसान विस्थापित हुन थालेका छन् । यो बिचमा अन्डाको मूल्यवृद्धि भएको छ तैपनि किसानको लागत उठ्न सकेको छैन । 

केही महिनाअघि अन्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेको थियो । फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र मध्यम अन्डाको मूल्य १६ कायम गरेको छ । यो मूल्य लागत मूल्यको नजिक हो तर फाइदा नभएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए । दिनदिनै व्यवसाय घाटामा गएपछि किसान विस्थापित हुँदै गएको उउनले बताए ।

करिब ७५ प्रतिशत किसान यो व्यवसायबाट विस्थापित भएका छन् । कोही ऋण लिएर व्यवसाय चलाइरहनुभएको छ भने कोही लिएको ऋण तिर्न नसक्दा अन्डा उत्पादन गर्ने व्यवसायबाट नै विस्थापित भएको उनले बताए । आजको गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्