
प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ।
सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य / प्रमुख सचेतकविचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यस अधिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो ।
सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलो पटक प्रश्नोत्तर हुन लागेको खबर गोरखापत्रमा छापिएको छ ।