१४ असार २०८३, आइतबार

दसैँ तिहारका लागि चिनीको जोहो गर्दै सरकार

साउन २६, २०८१
काठमाडौं
दसैँ तिहारका लागि चिनीको जोहो गर्दै सरकार

सरकारले १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । भारतले नेपालका लागि तोकेको कोटाअनुसार १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी सरकारले गरेको हो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म/व्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको हो । 

यसअघि उद्योग विभागले १० वटा उद्योगी छनोटगरी चिनी खरिद गर्न पत्राचार गरेको थियो । 

भारत सरकारले गत वर्षको दसैँतिहारमा नेपाललाई दिने भनेको २५ हजार मेट्रिक टन कोटाको चिनी गत वर्ष व्यवसायीले ल्याउन सकेका थिएनन् । अहिले बजारमा चिनी अभाव हुन थालेपछि विभागले गत वर्ष भारतले दिने भनेको कोटाको चिनी हाल खरिदका लागि सूचना आह्वान गरेको हो । 

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार दसैँतिहारमा मात्रै कर्पोरेसनमा करिब ३० देखि ३५ हजार मेट्रिक टन चिनीको माग हुने गरेको छ । 
यद्यपि अहिले साल्ट ट्रडिङसँग करिब दुई हजार दुई सय मेट्रिक टन चिनी मौज्दात छ । आजको गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्