१२ साउन २०८३, मंगलबार

बाढी पहिरो पीडितलाई नेपाल बैंकले दियो २ करोड रुपैयाँ

असोज २०, २०८१
काठमाडौं
बाढी पहिरो पीडितलाई नेपाल बैंकले दियो २ करोड रुपैयाँ

नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरेका हुन् ।

बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । 

उनले कसैको अनुहार नहेरी प्रणाली र कानूनअनुसार काम गर्न पनि आग्रह गरे ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्