०५ असार २०८३, शुक्रबार

क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरण : साढे ५ महिनापछि मुख्य आरोपी पक्राउ

मंसिर १३, २०८१
काठमाडौं
क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरण : साढे ५ महिनापछि मुख्य आरोपी पक्राउ

बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–२ खजुरिया बस्ने सुरेन्द्रप्रसाद कुशवाहा रहेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको हो । 

सुरेन्द्र क्याम्पस प्रमुख हरिभुषणको हत्याको मुख्य योजनाकार/निर्देशक, हतियार व्यवस्थापक र सुटर रहेको एसपी खड्काले जानकारी दिए । सुरेन्द्रकै योजनामा थप १४ जना परिचालित भई हरिभूषणको हत्या गरेको प्रहरीको अनुसन्धान मिसिलले देखाउँछ ।

गत जेठ ३२ गते हरिभूषणको बाराको आदर्शकोतवाल गाउँपालिका नजिकै गोली हानी हत्या गरिएको थियो । 

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा  खजुरियाका चाँदशी प्रसाद कुशवाहा, चन्द्रमणि कुशवाहा, अबधलाल कुशवाहा, सुमेदप्रसाद कुशवाहा,  आदर्शकोतवाल–३ का चुल्हाई भन्ने श्रवणकुमार शाह, कोहल्वी नगरपालिका–१० बरेवा बस्ने अम्रपाली भन्ने ब्रम्हदेव महरा, करैयामाई गाउँपालिका–७ पिपरा बस्ने मोतिलाल चौधरी र बारागढी गाउँपालिका–५ बस्ने हरिन्दर महरा चमार हत्यामा संलग्न देखिन्छन् । 

त्यसैगरी आदर्शकोतवाल–२ खजुरी कालेजप्रसाद कुशवाहा, जुवेद पासवान, राजकपुर कुशवाहा, सन्नी देवल कुशवाह, र कोहल्वी नपा–१० बरेवा बस्ने हरिन्दर चौधरीलाई प्रहरीले फरारको सूचीमा राखेको छ । 

null

हत्यामा संलग्न १४ जनामध्ये कसैको भूमिका हरिभूषण सवार मोटरसाइकलको रेकी गर्ने, हतियार व्यवस्थापन गर्ने, हत्यामा प्रयोग भएको मोटरसाइकल व्यवस्थापनदेखि चालकको भूमिका निर्वाह गर्ने र घटना भइसकेपछि हतियार लुकाउनेलगायत छन् । 

अनुसन्धान मिसिलअनुसार सन्नी देवलको भूमिका योजनामा सामेल हुने र हरिभूषण सवार मोटरसाइकलको निगरानी गर्ने, चन्द्रमणिको भूमिका योजनाकारसँगै हातहतियार व्यवसथापन र हरिभूषणको रेकीगरी सूचना अदानप्रदान गर्ने, कालेजले हतियार व्यवस्थापन गर्ने र मोटरसाइकल चालकको भूमिका निर्वाह गरेको उल्लेख छ । 
त्यस्तै, अवधलालले हत्या योजनामा सामेल हुनुका साथै हरिभूषणको रेकी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको घरबाट दुई राउण्ड गोलीसमेत बरामद गरेको थियो । चुल्हाई भन्ने श्रवणकुमारले पनि हतियार व्यवस्थापनमा सहयोग गरेको प्रहरीको अनुसन्धान मिसिलमा उल्लेख छ । 
त्यस्तै, हरिन्दरले घटनामा प्रयोग भएको हतियार र गोली सुरेन्द्रलाई बिक्री गरेको, ब्रम्हदेवले घटना भइसकेपछि हतियार लुकाएर राखेको र योजनामा प्रयोग भएको मोटरसाइकल पछाडि बसेको, हरिन्दरले हतियार बिक्री गरेको, सुमेद र ओमप्रकाशले हरिभूषण सवार मोटरसाइकलको रेकी गरेको अनुसन्धान मिसिलमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्