२५ जेठ २०८३, सोमबार

विश्वविख्यात तबला बाधक जाकिर हुसैनको निधन, लागेको थियो यस्तो रोग

पुस १, २०८१
काठमाडौं
विश्वविख्यात तबला बाधक जाकिर हुसैनको निधन, लागेको थियो यस्तो रोग

विश्वविख्यात तबला बाधक उस्ताद जाकिर हुसैनको निधन भएको छ । अमेरिकाको सान फ्रान्सिस्कोको एक हस्पिटलमा सोमबार बिहान ७३ वर्षीय हुसैनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

'इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस्' नामक फोक्सोसम्बन्धी रोगका कारण उनको निधन भएको समाचारमा उल्लेख छ । उनी दुई हप्तादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना भएका थिए ।

युनाइटेड स्टेट्स नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार इडियोपैथिक पल्मोनरी फाइब्रोसिस फोक्सोको गम्भीर र दीर्घकालीन रोग हो। जसले हावाको थैली वा एल्भिओली (फोक्सोमा हुने सानो हावा थैली) वरपरको तन्तुलाई असर गर्छ।

कुनै कारणले फोक्सोको तन्तु बाक्लो र कडा हुँदा यस्तो हुन्छ। विस्तारै, समयको साथ, फोक्सोमा दागहरू विकसित हुन्छन्, जसलाई फाइब्रोसिस भनिन्छ। जसका कारण बिस्तारै सास फेर्न गाह्रो हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्